nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मधेश प्रदेशमा ‘अन्वेषी २०८२’ सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १४, २०८२, १०:०१ मध्यान्ह
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मधेश प्रदेशमा ‘अन्वेषी २०८२’ सार्वजनिक

जनकपुरधाम/मंसिर १४ गते। मधेश प्रदेशमा लैंगिक हिंसा नियन्त्रण र प्रतिकार्यका विषयमा केन्द्रित १६ दिने अभियान अन्तर्गत ओरेक (महिला पुनर्स्थापना केन्द्र) ले ‘अन्वेषी २०८२’ प्रतिवेदन सार्वजनिक गरेको छ। महिला मानव अधिकार रक्षक सञ्जाल मधेश प्रदेश, पिपुल इन निड, दिव्य विकास स्रोत केन्द्र र हामी दाजुभाइको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न कार्यक्रममा पछिल्ला एक वर्षमा घटेका महिला हिंसासम्बन्धी विस्तृत तथ्यांक प्रस्तुति गरिएको हो।

कार्यक्रममा ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले प्रदेशभरिमा दर्ता र संकलन भएका हिंसाका तथ्यांक प्रस्तुत गर्दै घरेलु तथा यौनजन्य हिंसा अझै उच्च दरमा रहेको बताइन्। कार्यक्रमको स्वागत मन्तव्य पिपुल इन निडका प्रदेश व्यवस्थापक सुनिल कुमार साहले राखेका थिए।

सार्वजनिक ‘अन्वेषी २०८२’ अनुसार प्रदेशमा दर्ता भएका बलात्कार घटनामा ९८ प्रतिशत पीडितले सामाजिक बहिष्कार, चरित्रहत्या र मानसिक तनावजस्ता समस्याको सामना गर्नुपरेको छ। प्रतिवेदनमा लैंगिक हिंसाका ८८.३ प्रतिशत पीडक पुरुष रहेको पुष्टि गरिएको छ।

यौनजन्य हिंसा भोग्ने महिलाको संख्या १७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। घरेलु हिंसाका घटनामा ५८.६२ प्रतिशतमा पतिकै संलग्नता देखिएको छ भने ६२.३१ प्रतिशत महिलाले घरमै हिंसा भोगिरहेको तथ्यांकले देखाएको छ।

मधेश प्रदेश प्रहरीका इन्स्पेक्टर सोनु कुमार साहले प्रदेशभरिका तीन वर्षे प्रहरी दर्ता विवरण प्रस्तुत गर्दै घरेलु हिंसा, जबरजस्ती करणी र दुर्व्यवहारका घटना निरन्तर बढिरहेको जानकारी दिए।

कार्यक्रमकी प्रमुख अतिथि तथा प्रदेश सभाको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापति रुपा यादवले महिलाका हक–अधिकार कानुनी रूपमा सुनिश्चित भए पनि व्यवहारमा कार्यान्वयन कमजोर भएकै कारण हिंसाका घटना बढ्दो क्रममा देखिएको बताइन्।
उनको भनाइमा, “कानुन छ, तर कार्यान्वयनको जिम्मेवारी बोकेका संयन्त्र सक्रिय नहुँदा महिलामाथिको हिंसा रोकिएको छैन।”

महिला मानव अधिकार रक्षक सञ्जाल मधेश प्रदेश संयोजक अधिवक्ता रेखा झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश प्रमुख बुध नारायण सहनी, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, जनलोकपाल आयोगका उपसचिव देवकुमारी खत्रीलगायत सरकारी तथा गैर–सरकारी संस्थाका प्रतिनिधि सहभागी थिए।

स्वास्थ्य, शिक्षा र स्थानीय तहका अधिकारी, OCMC प्रमुख, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, हिंसा प्रभावित महिला तथा पत्रकारको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले लैंगिक हिंसा रोकथामका लागि सामुदायिक सहकार्य, कानुनी पहुँच विस्तार, संरक्षण संयन्त्र सुदृढीकरण र दीर्घकालीन सचेतना अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!