जनकपुरधाम/कार्तिक ९ गते । सिताराम विवाह पञ्चमीको अवसरमा लायन्स र लियो क्लब अफ जनकपुरधामले रामानन्द चौकमा नि:शुल्क खानेपानी वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामको संयुक्त पहल तथा सुविधा क्लिनिकको सहकार्यमा सञ्चालित उक्त सेवा कार्यक्रमले दर्शनार्थी, भक्तजन र स्थानीयवासीलाई सहज र स्वास्थ्य–मैत्री वातावरण उपलब्ध गराएको आयोजकले जनाएको छ।
लियो क्लब अफ जनकपुरधामका अध्यक्ष ओम कापरीका अनुसार विवाह पञ्चमीका अवसरमा शहरमा भीडभाड बढ्ने भएकाले स्वच्छ खानेपानी र आधारभूत स्वास्थ्य सेवाको पहुँच सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। उनका अनुसार शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप मापन, स्वास्थ्य परामर्श तथा स्वच्छ पानी वितरण निरन्तर जारी छ।
आयोजक संस्था र स्वयंसेवकहरूको सक्रियतामा सञ्चालन गरिएको यो सेवामूलक कार्यक्रमले विवाह पञ्चमीमा आएका श्रद्धालुहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।














Discussion about this post