गिरिजानन्द साह/जनकपुरधाम/कार्तिक २३ गते। जनकपुर जेसिजले धनुषा जिल्लाको नगराईन नगरपालिका वडा न.-५ मा गंगुली दक्षिणबारी टोलमा अवस्थित राष्ट्रिय आधारभुत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरिएको छ।
जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको पाचौं दिन आज स्टेसनरी सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई कापी, कलम, पेन्सिल, इरेजर,पेन्सिल कटर,जोमेट्री बकस र मिनिङ बुक लगायतका स्टेशनरी सामग्री वितरण गरिएको जसिज सप्ताह २०२५ को मुल आयोजक समितिको अध्यक्ष मनोहर ठाकुरले जानकारी दिएको छ।
विद्यार्थीलाई अभिप्रेरणा जगाउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गरिएको उक्त कार्यक्रमको संयोजक सुबोध ठाकुरले बताए । कार्यक्रममा स्कुल ब्यवस्थापन समितिकले जेसिजको सम्पुर्ण पदाधिकारीहरुलाई गम्छा ओढाई स्वागत तथा सम्मान समेत गरेको थियो।
कार्यक्रमको प्रमुख अतिथी नगराई नगरपालिकाको नगर प्रमुख विनय यादवले जेसिजले आयोजना गरेको कार्यक्रमको प्रसंसा गर्दै विद्यार्थीकै भविष्य देशको भविष्य भएको उल्लेख गर्दै साना सहयोगहरूले पनि बालबालिकामा अध्ययनप्रतिको उत्साह बढाउने बताउनुभयो। वहाँको अनुसार जेसीजले गरेको यस्ता सहयोगीले विद्यार्थीको अभिभावकहरुलाई पनि सहयोग पुग्ने बताएका छ्न ।
आजको कार्यक्रममा प्रमुख अतिथि नगराईन नगरपालिकाको नगर प्रमुख विनय कुमार यादव रहेको थियो। त्यस्तै अतिथिहरु राष्ट्रिय आधारभुत विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष तृपत महरा,स्कुलको प्राध्यापक रन्जित झा,जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह रहेको थियो भने जनकपुर जेसिज बर्ष २०२५ का अध्यक्ष जेसि मुकेश साह,पुर्व अध्यक्ष जेसि गौतम साह,जेसिज सप्ताह २०२५ का मुल संयोजक जेसि मनोहर ठाकुर,जेसि दिपक यादव,जेसि भवेश झा,जेसि अमरेन्द्र साह,जेसि ओम प्रकाश साह,जेसि सुबोध ठाकुर,जेसि राजेश कुमार ठाकुर लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै स्कुलका ब्यवस्थापन समितीका पदाधिकारी,शिक्षक,अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।














Discussion about this post