जनकपुरधाम/कार्तिक १ गते। हिरो कम्पनीको जुम स्कुटर किन्दा पिंकी कुमारी साहलेले पाँच लाख रूपैयाँ जितेका छन्। सिजी मोटर्सको हिरो हाम्रो परम्परा दशैं तिहार अफर अन्तर्गत उनले पाँच लाख रूपैयाँ जितेका हुन्। उनले हिरोको जुम मोडलको १२५ सीसी को स्कुटर स्वस्तिक अटो एन्ड ट्रडिङ शो रुम मिल्स एरिया जनकपुरधाम बाट किनेकी थिईन।
सिजीले दसैं तिहार लक्षित गरि हाम्रो परम्परा अफर ल्याएको छ। उक्त अफर अन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाख सम्म जित्न सकिन्छ।
हाल नेपाली बजारमा उपलब्ध रहेको स्कुटरहरु मध्ये यो स्कुटरको १४ ईन्चको पाङ्ग्रा रहेको छ। जसले गर्दा कच्ची बाटोमा स्कुटर कुदाउदा पनि धेरै सहज भईरहेको प्रतिक्रिया स्कुटर किन्ने ग्राहकहरुले प्रतिक्रिया दिएको छ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ। साथै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ।














Discussion about this post