गिरिजानन्द साह/भदौ २० गते । लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामले लायन वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्वको पदस्थापन तथा सदस्यता ग्रहण (इन्स्टलेसन एण्ड इन्डक्सन) कार्यक्रम बिहीबार जनकपुरधाममा सम्पन्न गरेका छन्।
कार्यक्रम लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष लायन डा. राजेश साहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा पूर्व उप-प्रधान तथा पूर्व गृह मन्त्री बिमलेन्द्र निधि प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
सो अवसरमा प्रमुख अतिथि निधिले लायन्स क्लबले समाजमा पुर्याइरहेको योगदानको प्रशंसा गर्दै क्लबका पदाधिकारी र सदस्यहरूलाई अझ सशक्त, समर्पित र प्रभावकारी ढंगले सामाजिक सेवा गतिविधिहरूलाई अघि बढाउन आग्रह गर्नुभयो।
कार्यक्रममा लायन्स ईन्टरनेश्नल ३२५ एफ का गर्भरणर, लायन्स ईन्टरनेश्नल ३२५ एफका प्रतिनिधिहरु,लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामको विभिन्न पदाधिकारी, सदस्य तथा समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। लायन्स क्लव अफ जनकपुरधामका अध्यक्ष डा. राजेशकुमार साह, लायन्स क्लव अफ जनकपुरधाम गार्गीका अध्यक्ष सुजाताकुमारी साह र लियो क्लव अफ जनकपुरधामका अध्यक्ष ओम कापड़ी सहितका कार्यसमितिले शपथ ग्रहण गरेका थिए ।


























Discussion about this post