गिरिजानन्द साह/जनकपुरधाम/भदौ ७ गते। जनकपुरधामको पिडारी चौकस्थित ऐतिहासिक गोरधोई पोखरी शनिबार सरसफाई गरिएको छ। Nxt Gen मिथिला र गोरधोई सर विकास समिति संगको सहकार्यमा आयोजित सम्पन्न सरसफाई अभियान अन्तर्गत पोखरी तथा वरपरको क्षेत्रमा सफाइ गरिएको हो।
“सफा पोखरी, Clean Janakpur – हाम्रो जिम्मेवारी, Our pride” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको अभियान अन्तर्गत गरिएको सरसफाई कार्यक्रममा संस्थाका अध्यक्ष अनुराग साहले पोखरी संरक्षण तथा वातावरणीय सन्तुलनका लागि निरन्तर सरसफाई कार्य आवश्यक रहेको बताए।
कार्यक्रममा युवा नेता प्रेम साह,संस्थाका पदाधिकारीहरु, स्थानीय युवा, अभियानकर्मी, विद्यार्थी, समाजसेवी लगायतको सक्रिय सहभागिता रहेको थियो।
यसरी आयोजित सरसफाई अभियानले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पोखरीलाई सुरक्षित र आकर्षक बनाउन सहयोग पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन्।














Discussion about this post