सर्लाही।सर्लाहीमा मोटरसाइकल दुर्घटनमा परेर चालकको मृत्यु भएको छ । आफैंले चलाएको मोटरसाइकल पल्टिँदा रामनगर गाउँपालिका वडानम्बर २ बस्ने रामएकबाल राय यादवको ज्यान गएको हो ।
यादवले चलाएको बीआर ३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका ४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको हो ।














Discussion about this post