गिरिजानन्द साह/साउन २५ गते। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कायापलटद्वारा ‘ओरीएनटेशन अन जेन्डर नर्मस’ कार्यक्रम सम्पन्न भएको छ। कायापालटको आयोजना पिपल इन नीड नेपाल र दिव्य विकास स्रोत केन्द्र (DDRC) पर्साको साझेदारीमा तथा युके ईन नेपालको आर्थिक सहयोगमा, ‘ओरीएनटेशन अन जेन्डर नर्मस’ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई हानिकारक लैङ्गिक मान्यताहरूलाई चुनौती दिने क्षमता प्रदान गर्नु र आफ्ना समुदायमा सकारात्मक परिवर्तनको नेतृत्व गर्न सशक्त बनाउनु थियो। सहभागी युवाहरूलाई समाजमा प्रचलित असमानता, भेदभावपूर्ण सोच र व्यवहारका प्रभावबारे जानकारी दिइएको छ । साथै, समतामूलक दृष्टिकोण, पारस्परिक सम्मान र लैङ्गिक समानताको महत्वबारे समूहगत छलफल, अन्तरक्रिया र अभ्यासात्मक गतिविधिहरू मार्फत प्रशिक्षण दिईएको थियो।
कार्यक्रममा वक्ताहरूले युवाहरू समाज परिवर्तनका प्रमुख शक्ति भएको उल्लेख गर्दै, उनीहरूको सक्रिय सहभागिताले मात्र दीगो र समावेशी विकास सम्भव हुने धारणा राखे। उनीहरूले युवालाई नेतृत्व, संवाद कौशल, र सामाजिक जिम्मेवारीबारे सचेत गराउँदै, स्थानीय स्तरमै परिवर्तन ल्याउने प्रेरणा प्रदान गरेका छ्न ।
कायापालटले विगतदेखि नै युवाहरूको क्षमता अभिवृद्धि, शिक्षा, र सहभागितालाई प्राथमिकतामा राख्दै आएको छ। संस्थाले समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको कायापलटको संस्थापक अध्यक्ष दिवाकर उप्रेतीले बताए ।
यस कार्यक्रममार्फत, अन्तर्राष्ट्रिय युवा दिवसलाई मात्र नभई युवाहरूलाई आफ्नो अधिकार, क्षमता र भूमिकाबारे सचेत गराउँदै, हानिकारक मान्यताहरू परिवर्तनका लागि ठोस कदम चाल्न प्रेरित गरिएको आयोजकको भनाइ रहेको छ।














Discussion about this post