nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कोशी प्रदेशमा लिम्बु र मैथली भाषा सरकारी कामकाजी भाषा बनाइने

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २२, २०८२, ९:२९ मध्यान्ह
कोशी प्रदेशमा लिम्बु र मैथली भाषा सरकारी कामकाजी भाषा बनाइने

विराटनगर, २२ साउन । कोशी प्रदेश सरकारले  सरकारी कामकाजको भाषाको रुपमा लिम्बु र मैथली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरेर अगाडि वढाएको छ ।

कोशी प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने मैथिली र लिम्वु  (सिरिजङ्गा लिपिमा लेखिने लिम्ब÷याक्थुंग) भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कायम गर्न नेपालको संविधानको धारण ७ को उपधारा (२)  मा व्यवस्था भए बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न कोशी प्रदेश सभामा  विधेयक दर्ता गरिएको हो । प्रदेश सभामा दर्ता भएको गैरसरकारी विधेयक आज अस्वीकृत भएको छ। यो अस्वीकृत भएसँगै सरकारले दर्ता गरेको विधेयक अब छलफलमा जाने र यसै अधिवेशनमा पास गरेर यसलाई कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण,प्रवद्र्धन तथा विकास  गर्न सरकार कटिवद्ध रहेको बताए । उनले  आगामी २०८२ कात्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनानन्द लिङ्देनको जयन्तीको अवसर पारेर  सरकारको कामकाजको भाषामा रुपमा लिम्बु र मैथली भाषा प्रयोग गर्ने योजना सरकारको रहेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले सरकारले कामकाजको भाषाको संरक्षण र प्रवद्र्धन लागि प्रदेश सरकार तथा स्थानीय तहले कार्यक्रम तथा बजेटको व्यवस्था गरिने जानकारी दिनुभयो ।

सरकारी कामकोजको भाषाको प्रयोग 

विधेयकमा कार्यालयले सरकारी कामकाजको सिलसिलामा सरकारी कामकाजको भाषा अनुवाद गर्न वा प्रयोग गर्ने व्यवस्था मिलाउने, प्रदेश सरकारले प्रदेश सभामा विधेयक पेश गर्दा सरकारी कामकाजका भाषामा समेत अनुवादित प्रति पेश गर्ने,सरकारले नेपाली भाषाका अतिरिक्त सरकारी कामकाजको भाषामा समेत प्रदेश राजपत्र प्रकाशन गर्ने व्यवस्था मिलाउने, कार्यालयले पत्राचार र सार्वजनिक सूचना प्रकाशन गर्दा कागजातको शीर्ष भागमा सरकारी कामकाजको भाषामा नाम र सम्वत् समेत उल्लेख गर्ने छ ।

यस्तै प्रदेश सरकारले  शिक्षा, साहित्य, भाषा, कला र सञ्चार सम्बन्धी कार्यक्रम, अध्ययन र अनुसन्धान मार्फत सरकारी कामकाजको भाषाका अतिरिक्त अन्य राष्ट्रभाषाको संरक्षण र प्रवद्र्धन गर्ने छ।

सरकारी  कामकाज भाषाका अतिरिक्त अन्य राष्ट्र भाषाको संरक्षण र विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्य गर्नेछ । सरकारले प्रदेश भित्र बोलिने सबै राष्ट्रभाषामा उच्च शिक्षासम्म अध्ययन, अध्यापनको व्यवस्था गर्ने छ ।

प्रदेश सरकारले सरकारी कामकाजको भाषाको अतिरिक्त अन्य राष्ट्र भाषा समेत संरक्षण र प्रवद्र्धन र विकासका लागि एक तिहाई महिला सहित वढीमा एघार जना विज्ञहरु सम्मिलित रहेको विज्ञ समूहको गठन गर्ने छ।

प्रदेश सरकारले सरकारी कामकाजको भाषामा लेखिएका सरकारी कागजपत्र वा कुनै सरोकारवाला व्यक्तिले दिने निवेदन वा पत्र सूचीकृत अनुवादकले अनुवाद गर्ने व्यवस्था  गरिएको छ।

नागरिक वडापत्र र सूचना पाटी

कार्यालयले सरकारी काम काजको भाषामा सेवाग्राहीले देख्ने र वुझने गरी कार्यालय परिसरमा नागरिक वडापत्र वा सूचनापाटी राख्नुपर्ने छ। कार्यालयले आप्mनो साइन वोर्डमा सरकारी कामकाजको भाषाको लिपीमा समेत कार्यालयको नाम उल्लेख गर्नुपर्ने छ।

भाषाको पुनरावलोकन

सरकारी कामकाजको भाषाको प्रयोग तथा सेवा प्रवाहको प्रभावकारीताको अध्ययन गर्न अनुगमन समिति गठन गरी समितिको प्रतिवेदनको आधारमा प्रत्येक पाँच वर्षमा सरकारी कामकाजको भाषाको प्रयोग सम्बन्धमा पुनरावलोकन  गरिने छ।

Tags: कोशी प्रदेश

Discussion about this post

Related Posts

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकाको अनुगमन गर्दै

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि