गिरिजानन्द साह/श्रावण १४ गते। भारतको राजस्थानमा सचिन कुमार सिंह डा. कलाम यूथ लिडरशिप अवार्डद्वारा सम्मानित भएको छ। राजस्थान इन्टरनेशनल सेन्टर, जयपुरमा सम्पन्न “कलाम यूथ लिडरशिप इन्टरनेशनल कन्फरेन्स ७.०” मा नेपालका प्रतिनिधि तथा मिथिला नगरपालिका, ईनभाईरोमेन्ट एड्भोकेट सचिन कुमार सिंह (कुशवाहा) लाई “डा. ए.पी.जे. अब्दुल कलाम यूथ लिडरशिप अवार्ड” प्रदान गरिएको छ ।
पूर्वराष्ट्रपति डा. अब्दुल कलामको पुण्यतिथिको अवसरमा आयोजित सो अन्तर्राष्ट्रिय सम्मेलन युवामा नेतृत्व विकास, दिगो भविष्य निर्माण, तथा बहुपक्षीय सहकार्यलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ सम्पन्न भएको थियो। सात राष्ट्रका युवाप्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाएका सिंहले समाजसेवामार्फत गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको हो।
यस उपलब्धिसँगै सचिन कुमार सिंहले न केवल मिथिला क्षेत्रको, तर सम्पूर्ण कुशवाहा समुदायको समेत अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गरेका छन्। कार्यक्रमले युवा पुस्तालाई सामाजिक रुपान्तरण र नेतृत्व क्षमतामा प्रेरणा प्रदान गरेको आयोजकहरूले बताएका छन्।
उक्त अवसरमा अन्तर्राष्ट्रिय विशेषज्ञ, युवा नेताहरू तथा सामाजिक कार्यकर्ताहरूले नेतृत्व, नवप्रवर्तन र सहकार्यका विविध पक्षमा आफ्ना धारणा राखेका थिए।





















Discussion about this post