nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डब्ल्यूएचओको चेतावनी कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १८, २०७७, ६:१६ मध्यान्ह
कोरोनाभाइरसको लक्षण नदेखिएका संक्रमितले कोरोना भाईरस एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सार्दैन : डब्ल्यूएचओ

एजेन्सी।विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए । मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले विश्वका प्रत्येक कुनामा असर गरेको छ । यद्यपी, यो यसभन्दा ठूलो हुन आवश्यक छैन,’ मिडिया ब्रिफिङमा उनले भने ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन् । स्पेनिस फ्लु पछिल्लो सबैभन्दा घातक महामारी थियो । यसले १९१८ र १९१९ को अवधिमा ५ करोडको ज्यान लिएको थियो । युवाहरुमा मृत्युदर बढी थियो र मृत्यु हुनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी थियो । यसको मृत्युदर २ दशमलव ५५ प्रतिशत थियो । यस्तै महामारी आजको समयमा आएमा खाद्यान्न क्षेत्रका कामदारहरु डरले घरमै बस्ने र सम्भावित रुपमा खाद्यान्न आपूर्ति बन्द भएर मानव सभ्यता नै सटडाउन हुने भय छ । 

महामारीको मध्यमा गत वर्ष जर्ज फ्लोइडको मृत्युको विषयलाई लिएर अमेरिकामा चर्किएको प्रदर्शनले जसरी विश्वव्यापी अस्थिरता निम्त्याएको थियो, त्योभन्दा ठूलो अस्थिरता खाद्यान्न संकटले निम्त्याउनसक्ने अनुमान गरिएको छ । र, यस्तो बृहत्तर अस्थिरताले विश्वभरका सरकारहरुको स्थायित्वलाई खतरामा पार्ने अनुमान गरिएको छ । 

‘कोरोना भाइरस खतराको घण्टी हो । विज्ञान, खाद्यान्न, प्रशिक्षक र शासन व्यवस्थामा कसरी राम्रो गर्ने, कसरी एकआपसमा राम्रो सञ्चार गर्ने भनेर हामी सिक्दैछौं । तर पृथ्वीको हालत नाजुक छ,’डाक्टर राय भन्छन्,‘ हामी एक बढ्दो जटिल विश्वव्यापी समाजमा बाँचिरहेका छौं । यी खतराहरू जारी रहनेछ । हामीले यस महामारीबाट सिक्नुपर्ने पाठ भनेकै मिलेर काम गर्ने हो ।’ 

अमेरिका, बेलायतलगायत देशहरुमा खोप लगाउने कार्यक्रम सुरु भएपनि भाइरस हाम्रो जीवनको हिस्साका रुपमा रहिरहनसक्ने रायनले बताए । ‘सम्भावित परिदृश्यअनुसार अब यो भाइरस स्थानीयस्तरमा खतराका रुपमा रहिरहनेछ । तर खोप लगाउने कार्यक्रम सुरु भएको सन्दर्भमा यो न्युन खतराका रुपमा रहनेछ,’ उनले भने,‘ खोपहरु कति राम्रोसँग लगाइन्छ र कति बृहत्तर रुपमा लगाइन्छ भन्ने हेर्न बाँकी छ । यसैले, हामीलाई न्यूनीकरणको दिशातर्फ जाने अवसर दिनसक्छ । यद्यपी, खोपको प्रभावकारीता उच्च रहँदा पनि  कोरोना उन्मूलन हुने ग्यारेन्टी छैन । यो निकै कठिन चुनौती हो  त्यसैले, जोखिममा रहेका व्यक्तीहरुलाई प्राथमिकतामा राख्नेगरी खोप वितरणको डिजाईन गरिएको हो ।’

संक्रामक जोखिमहरूका लागि डब्ल्यूएचओको रणनीतिक र प्राविधिक सल्लाहकार समूहका अध्यक्ष प्रोफेसर डेभिड हेमानले पनि स्थानीय स्तरमा यो भाइरस रहिरहने बताएका थिए । ‘ कोभिड १९ स्थानीय स्तरमा रहनेजस्तो देखिन्छ । जसरी अन्य चारवटा कोरोना भाइरस छन् । र, मानव सेल्समा पुनउत्र्पादन भएर यो निरन्तर म्युटेट (परिवर्तन) भइरहनेछ,’ उनले भने,‘भाग्यवस, हामीसँग जीवन बचाउने उपकरणहरू छन् र यसलाई जनस्वास्थसँग संयोजन गरेर हामी कोरोनासँगै बाँच्नसक्छौं ।’

डल्युएचओकी प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामिनाथनले भनिन्, ‘ खोप लगाउनुको अर्थ सामाजिक दूरी र अन्य सार्वजनिक स्वास्थ सेवाको अन्त्य होइन । कुनै खोपले वास्तवमा मानिसलाई संक्रमणबाट जोगाउँछ र  यसलाई अन्यमा फैलाउनबाट रोक्छ भन्नेबारे विश्वस्त हुने प्रमाण हामीसँग छ जस्तो मलाई लाग्दैन । त्यसैले मलाई लाग्छ, खोप लिएका मानिसहरुले पनि उस्तै सावधानी अपनाउन जरुरी छ ।’ गम्भीर लक्षणसहितको कठोर संक्रमण र मानिसलाई मृत्युबाट रोक्ने मनसायका साथ खोप विकास गरिएको उनले बताइन् । 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रियसअसले महामारीको भयावह अवस्था र यसमा भएको सुधार एकैपटक झल्किएको बताए । उनले महामारीको नयाँ स्वरुपले आगामी वर्षका लागि चुनौति थपेको बताए । ‘महामारीको यस समय निजी र सार्वजनिक क्षेत्रबीचको असाधारण सहकार्यले नयाँ धरातल कोरिएको छ । पछिल्ला साताहरुमा केही देशमा सुरक्षित र प्रभावकारी भ्याक्सिनको प्रयोग सुरु भएको छ, जो अद्भूत वैज्ञानिक उपलब्धि हो,’ उनले भने,‘यो निकै राम्रो छ । तर, जबसम्म खोपको आवश्यकता परेका सबैले नयाँ खोप पाउँदैनन् र सुरक्षित हुँदैनन्, त्यतिबेलासम्म डब्लयुएचओले आराम गर्नेछैन ।’

विश्वका खतरनाक महामारी 

१ प्लेग अफ जस्टिनियन 

सन् ५४१ देखि ५४२ सम्म यो रोग फैलिएको थियो । रोमका सम्राट जस्टिनियनका नामबाट यो महामारीको नामाकरण गरियो । यो कसरी सुरु भयो भन्नेबारे अझै ठूलो विवाद छ । यस रोगका कारण तत्कालीन समय ३ देखि ५ करोड जनसंख्याको मृत्यु भयो । कमजोर भइसकेको रोमान साम्राज्यलाई चाडैं पतन गराउन यो महामारी सहायकसिद्ध भएको बताइन्छ । 

२ ब्ल्याक डेथ 
यसलाई बुबोनिक प्लेग पनि भनिन्छ । १३४७ देखि १३५१ सम्म यो महामारी विश्वभर फैलिएको थियो । सबैभन्दा ठूलो विध्वंश युरोपमा देखियो । मुसाबाट सुरु भएको यो महामारीका कारण तत्कालीन समय युरोपको ३० देखि ५० प्रतिशत जनसंख्याको ज्यान गयो । ५ वर्षको अवधिमा २० करोड मानिसहरुले ज्यान गुमाए । यस रोगका कारण थलिएको युरोपको सभ्यतालाई फेरि उठ्न २ सय वर्षभन्दा लामो समय लाग्यो । 
३ स्मलपोक्स 
१५२० मा युरोपमा यो रोग सुरु भयो । त्यसपछि नयाँ विश्व भनेर चिनिएको अमेरिकामा फैलियो । यही रोगका कारण ९० प्रतिशत आदिवासी अमेरिकीहरुको ज्यान गएको अनुमान गरिन्छ । विश्वभर ५ करोड ६० लाखभन्दा धेरै मानिस मारिए । पहिलोपटक यही रोगको उपचार गर्नेक्रममा भ्याक्सिन आविस्कार भयो ।  
४ थर्ड प्लेग 
१८५५ देखि १९६० सम्म यो महामारी फैलियो । चीनको युनानबाट सुरु भएको यो बुबोनिक प्लेग मानिसको बसोबास रहेका सबै महादेशमा फैलियो । यसले १ र करोड २० लाखभन्दा धेरै जनसंख्याको ज्यान लियो । यस प्लेगको सबैभन्दा ठूलो प्रभाव एशियाली देशमा परेको थियो । 

५ स्पेनिस फ्लु 
१९१८ देखि १९१९ सम्म यो रोग विश्वभर फैलियो । एकै वर्षमा यसले ५ करोड मानिसहरुको ज्यान लियो । ५० करोड मानिस यसबाट संक्रमित भएका थिए । 

 डेली मेलबाट

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!