गिरिजानन्द साह/जनकपुरधाम/असार २१ गते। युवा समाजसेवी अम्भु प्रसाद साह सहित करिब सयौं जना स्थानीय नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका छ। जनकपुरधाममा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम पार्टी प्रवेश गरेका हुन । कार्यक्रममा रास्वपाका केन्द्रिय उपसभापति माननीय डा. स्वर्णिम वाग्ले प्रमुख अतिथि रहेका थिए भने केन्द्रिय प्रवक्ता माननीय मनिष झा विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रमको क्रममा युवा समाजसेवी अम्भु प्रसाद साहको नेतृत्वमा करिब सयौ जना स्थानीय नेता तथा कार्यकर्ताहरूले रास्वपामा औपचारिक प्रवेश गरेका छन्। पार्टीमा प्रवेश गर्नेहरूको सम्मान गर्दै डा. वाग्लेले रास्वपाले मुलुकको समृद्धि, सुशासन र पारदर्शितालाई मूल एजेण्डा बनाई अघि बढिरहेको उल्लेख गरे। उनले नवप्रवेशीहरूलाई पार्टीको मूल्य र सिद्धान्त अनुसार क्रियाशील भएर काम गर्न आग्रह समेत गरे।
कार्यक्रममा केन्द्र तथा प्रदेशस्तरीय नेताहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। नवप्रवेशी नेता अम्भु प्रसाद साहले रास्वपाको विचार, जनताप्रति उत्तरदायी कार्यशैली र स्वच्छ छविले आफूलाई पार्टीमा आकर्षित गरेको बताए।
रास्वपाका स्थानीय नेतृत्वले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टीलाई थप सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राखे। यस पार्टी प्रवेशले मधेसमा रास्वपाको संगठनिक आधारलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।




















Discussion about this post