गिरिजानन्द साह/जनकपुरधाम/असार १४ गते । जनकपुर जेसिजको आयोजनामा जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जनकचोकमा आयोजित उक्त कार्यक्रम जेसी मुकेश कुमार साहको अध्यक्षतामा तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको सफल संयोजन जेसी अमरेन्द्र साहले गरेका थिए। सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले गरिएको रक्तदान कार्यक्रममा जेसिजको पुर्व अध्यक्षहरु सुदिप कोराईला र तुलसी पजियार,जनकपुर जेसिज बर्ष २०२५ का अध्यक्ष मुकेश कुमार साह,जनकपुर जेसिज बर्ष २०२५ का कार्यकारीणी उपाध्यक्ष मनोहर ठाकुर,हंसपुर नगरपालिकाको जिन्सी शाखा प्रमुख मुकेश यादव,जेसी रन्जित पजियार लगायत ५० जनाले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रमको क्रममा बोल्दै प्रमुख अतिथि मेयर मनोज साहले यस्ता अभियानहरूले मानव सेवाको भावना बढाउने बताए। अध्यक्ष मुकेश साहले पनि आगामी दिनमा यस्तै सामाजिक कार्यहरू निरन्तर गरिने जानकारी दिए।
कार्यक्रममा जेसिजका पदाधिकारी,जेसिजका पुर्व अध्यक्षहरु,जेसिजका सदस्यहरु तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














Discussion about this post