जनकपुरधाम/जेठ २९ गते। कायापलटको आयोजना International Alert र Accountability Lab Nepal सँगको सहकार्य तथा European Union in Nepal को आर्थिक तथा प्राविधिक सहयाेगमा जनकपुरधाममा “विद्याश्रम बहस” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता कायापलट संस्थाका संस्थापक अध्यक्ष दिवाकर उप्रेतीले गरेका थिए। कार्यक्रममा “स्थानीय तह योजनामा छनौट प्रक्रियामा युवाहरुको भूमिका” भन्ने विषयमा केन्द्रित बहस तथा विचार-विमर्श गरिएको थियो।
बहसमा कायापलट संस्थाका कोषाध्यक्ष बलराम साह, ईन्सेक मधेश प्रदेशको संयोजक राजु पासवान, पत्रकारहरु कमलेश मण्डल, राजा झा, गिरिजानन्द साह लगायत विभिन्न स्थानीय तहका युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरुले स्थानीय तहको योजना छनौट प्रक्रियामा युवाहरुको भूमिका अझ प्रभावकारी बनाउन उनीहरुको क्षमता अभिवृद्धि, निर्णय प्रक्रियामा पहुँच, पारदर्शिता र जवाफदेहिताको आवश्यकतामा जोड दिएका थिए।
कार्यक्रमले युवाहरुको दृष्टिकोण, चुनौती र सम्भावनाको समग्र समीक्षा गर्दै उनीहरुलाई नेतृत्वदायी भूमिकामा अगाडि ल्याउन स्थानीय निकाय तथा सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।
कायापलट संस्थाका अध्यक्ष दिवाकर उप्रेतीले युवाको सक्रिय सहभागिता र आवाज स्थानीय शासनमा संस्थागत गर्न यस्ता बहस कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।














Discussion about this post