गिरिजानन्द साह/जनकपुरधाम। “प्लास्टिक प्रदूषणको अन्त्य गर्दै ” भन्ने नारासहित विश्व वातावरण दिवसको अवसरमा जनकपुरमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा जलवायु पदयात्रा तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
कायापलट, इन्सेक, दुधमती नदी सरोकार समाज, महिला अपाङ्ग कल्याणकारी संघ र जनकपुर एकेडेमीको संयुक्त आयोजना जलवायु पदयात्रा तथा वृक्षारोपण कार्यक्रम गरिएको थियो।
सहरी क्षेत्रको वातावरणीय संरक्षण तथा प्लास्टिकजन्य प्रदूषणको विरुद्ध जनचेतना अभिवृद्धि गर्न आयोजित यस कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, वातावरणविद् तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत आयोजित जलवायु पदयात्राले प्लास्टिक प्रयोग कम गर्ने, हरियाली संरक्षण गर्ने र दुधमती नदी सफा राख्नुपर्ने सन्देश सम्प्रेषण गर्यो। साथै, पदयात्रापछि विभिन्न स्थानमा वृक्षारोपण गरियो, जसले शहरको हरियाली बढाउन सहयोग गर्नेछ।
आयोजक संस्थाहरूले वातावरणीय संकट समाधानमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।





















Discussion about this post