गिरिजानन्द साह/जनकपुरधाम/बैशाख २० गते। ग्यास विक्रेता संघ धनुषाको पाँचौं जिल्ला अधिवेशन आज जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उक्त अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता संघका जिल्ला अध्यक्ष फुलदेव पण्डितले गरेका थिए। उद्घाटन सत्रमा प्रमुख अतिथि पुर्व उपप्रधान तथा गृहमन्त्री निधीसँगै मधेस प्रदेशका प्रदेशसभा सदस्य माननीय रामसरोज यादव विशिष्ट अतिथिका रूपमा सहभागी भए। त्यसैगरी, ग्यास विक्रेता संघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्याल, नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पन्जियार, संघका पूर्व जिल्ला अध्यक्ष मनोज चौधरी, संघका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू,सञ्चारकर्मी लगायत सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व उपप्रधान तथा गृहमन्त्री निधीले ग्यास विक्रेताहरूको भूमिका उपभोक्तासम्म सुरक्षित तथा नियमित सेवा पु¥याउने दिशामा अतुलनीय रहेको भन्दै प्रशंसा व्यक्त गरे। उनले सरकार ग्यास व्यवसायीसँग सहकार्य गर्दै नीतिगत तथा व्यवहारिक समस्या समाधानमा अग्रसर रहेको जानकारी पनि दिए।
कार्यक्रममा अन्य अतिथीहरूले पनि ग्यास विक्रेताहरूका समस्या, चुनौती तथा भविष्यका सम्भावनाहरूबारे धारणा राखेका थिए। संघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले संगठनको सुदृढीकरण, व्यवसायीहरूको हक अधिकारको संरक्षण तथा उपभोक्तामैत्री सेवा प्रवाहमा संघको भूमिका अझ प्रभावकारी बनाउन आग्रह गरे।
उक्त अधिवेशनले संघको भावी कार्ययोजना, संगठन सुदृढीकरण र व्यवसायजन्य समस्याहरू समाधानका लागि रणनीति तय गर्ने अपेक्षा गरिएको छ। अधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अघि बढाउने तयारी गरेको जनाइएको छ।
ग्यास विक्रेताहरूको हित र व्यवसायको मर्यादित विकासका लागि यस्तो अधिवेशनले सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ। अधिवेशनको समापन आजै सम्पन्न हुने संघका अध्यक्ष फुलदेव पण्डितले बताए ।
Beta feature
Beta feature
Beta feature
Beta feature














Discussion about this post