चैत १८ गते । नेपाल पत्रकार महासंघ धनुषा शाखाले पनि जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। धनुषा शाखाका अध्यक्ष पुरन साहको नेतृत्वमा केन्द्रिय लेखा समिति संयोजक केसी लामिक्षाने, केन्द्रिय सदस्य राजेश कर्ण, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारासहित मधेश समितिका पदाधिकारी र जिल्ला कार्यसमिति तथा स्थानिय पत्रकारहरूको ठूलो समूहले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र बुझाएको हो।


त्यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यसमितिले पनि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ। मधेश अध्यक्ष बञ्जाराको नेतृत्वमा मुख्यमन्त्री निवासमा पुगेको टोलीले मुख्यमन्त्री सिंहलाई सात दिन भित्र माग सम्बोधनका लागि नेपाल सरकारलाई दबाब दिन आग्रह गरेका छन्। साथै अन्य प्रसंगमा भएको कुराकानीमा महासंघका अध्यक्ष बञ्जाराले पत्रकार तथा पत्रकार महासंघको हितलाई ध्यानमा राखी आगामी बजेटमा उचित व्यवस्था गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका छन्।
गत चैत १५ गते काठमाण्डौंको तिनकुनेमा पत्रकारलाई ढोका थुनेर जलाएर मारिनुका साथै पत्रकार र सञ्चार माध्यमहरूमाथि भएको आगजनी तथा आक्रमणको विरोधस्वरूप महासंघले देशव्यापी रूपमा सातै प्रदेश र ७७ जिल्लाबाट एकैदिन ज्ञापनपत्र बुझाएको हो।

















Discussion about this post