संघीय संसदको प्रतिनिधि सभा भंग गर्ने निर्णयसँग देशका विभिन्न भागमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध तथा प्रदर्शन सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् ।प्रदेश-२ का आठवटै जिल्लामा नेकपा, कांग्रेस, जसपासहित विभिन्न पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेता÷कार्यकर्ताहरुले ओलीलाई प्रतिगामीको मतियार भएको भन्दै प्रदर्शन गरिरहेका छन् ।संविधान विपरित संसद विघटन भएको भन्दै देशका उनीहरुले विरोध गरिरहेका छन् ।
जनकपुरमा प्रदर्शनमा सहभागी नेताकार्यकर्ताले सरकारविरुद्ध मोटरसाइकल र्यालीसँगै नाराबाजी गरेका थिए । उनीहरूले ‘तानाशाही बन्द गर’, ‘संसद् विघटनको निर्णय फिर्ता लेउ, लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नाराबाजी गरेका थिए । र्यालीपछि जनक चोकमा आयोजित कोणसभामा बोल्दै युवासंघका नेता कार्यकर्ताले जनादेशलाई लत्यउँदै संसद विघटन गर्ने नेकपाका अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गर्न माग गरेका छन् ।
यस्तै सप्तरीको राजविराजमा प्रधानमन्त्रीको निरंकुश कदम भन्दै नेकपाकै कार्यकर्ताले पुत्लासमेत जलाएका छन् । यस्तै, सिरहा, जनकपुर, बर्दिबास, मंलगवा, कलैया, वीरगञ्जमा समेत नेकपासँगै उसका जनवर्गीय संगठन, जसपा र कांग्रेसका स्थानीय नेताकार्यकर्ताले समेत विरोध प्रदर्शन गरेका छन् ।
संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । राजविराजमा पुर्वमन्त्री एवम नेकपाका नेता उमेश कुमार यादवको नेतृत्वमा प्रदर्शन गरिएको छ । ‘प्रतिगामीको मतियार–केपी ओली होसियार’ भन्दै उनीहरुले नाराजुलुस गरेका छन् ।
पुर्व मन्त्री यादवले संघीय लोकतान्त्रीक गणतन्त्र ल्याउनका लागि आफुहरुले वलिदानको यात्रा तय गरेर आएको र आवश्यक्ता पर्यो भने नाफाको जिन्दगी देशका कठपुतलीहरुलाई सिद्याउन फेरी पनि दाउमा लगाउन तयार रहेको वताए । ओलीको संसद विघटन गर्ने निर्णय स्विकार नगर्ने र राजनितिक उपलब्धि गुम्न नदिने उनले वताए ।





















Discussion about this post