फागुन १५ गते। मिथिलालञ्चलको महाकुम्भ भनिने धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि शुरु भएको छ । फागुन औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।
आजको दिन धनुषाको मिथिला विहारी नगरपालिका ८ कचुरीमा विशेष कार्यक्रमको आयोजनागरी मिथिला विहारी मन्दिरबाट झाकी किर्तन गरी रामजानकीको डोला सहित परिक्रमा सुरु गरिएको छ। आजको विषेश कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश प्रमुख सावित्रा सुवेदी भन्डारी रहनु भएको थियो। जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याउने गरिन्छ । र यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।
वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।
१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ । नेपाल– भारत बिचको सदियौ देखि रहिआएको मधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन परिक्रमाले सेतुको भूमिका खेलेको छ ।














Discussion about this post