उमेश कुमार साह,सप्तरी। जसपाको युवा नेता द्वारा आज सप्तरी को राजविराजमा उखु किसान को समर्थनमा बिरोध प्रदर्शन गरिएको छ।बर्षेदेखि नेपालका उखु किसानहरूले उब्जाएको उखु उद्योगीलाई बेचेको उक्त रकम पाउन नसकेको र यस प्रति सरकार मौन बसेकोले किसानहरू कैयो बर्ष देखि समस्यामा पर्दे आएका छन्। गत वर्ष पनि किसानहरूको उखुको मूल्य नदिएको कारनले किसानहरू आन्दोलनमा समेत उतरिएको थियो। उक्त आन्दोलन गर्दा सरकारले एक साताभित्रै भुक्तानी गराउने भनेर सम्झैता गरेको थियो। सम्झौता गरेको एक बर्ष भइसक्दा उक्त रकम हाल सम्म भुक्तानी उद्योगीले नगर्दा पीडीत किसानले पुन काठमान्डौ आन्दोलन गर्न बाध्य बन पुगेका छन्।

उक्त किसानहरूको दुख पिडा मा आँशु बनेर सहयोग गर्न बिभिन जिल्ला बाट किसान,युवा बुद्धिजिवी लगाएत जसपाको नेताहरू समर्थनमा जिटिएका छन् ।उखु किसानको दुख पिडामा साथ र समर्थन आज विहिवार नेपाल को बिभिन्न जिल्लामा बिरोध प्रदर्शन समेत गरिएको छ।
त्यस्तै गरि सप्तरी को राजविराजमा विहिवार जनता समाजवादी पार्टी युवा समुहको नेताहरू द्वारा बृहत प्रदर्शन समेत गरिएको छ। उक्त बृहत् प्रदर्शनमा जनता समाजवादीको युवा नेताहरू १५० जानाको सहभगिता बनाई शिव मन्दिर बाट नारा जुलुस प्रदर्शन गर्दे रूपनि रोड हुदै दर्शन चौकमा गएर कोन सभा गरिएको थियो।

उक्त कार्यक्रममा जनता समाजवादीको युवा नेताहरू दर्शन चौकमा पुगेर आफ्नो-आफ्नो मन्तब्य निकामा सरकार प्रति समेत ब्यक्त गर्नु भएका छन्।
मन्तब्यमा सबै युवा नैताहरू उखु किसानको बक्यौता रकम दिलाउन तथा असंबैधानिक अध्यादेश विरूद्ध बिरोध प्रदर्शन गरिएको मन्तब्यमा अस्पस्ट पार्नु भएको थियो।
उक्त कार्यक्रम को संचालन समाजवादी युबा सङघ सप्तरी क सचिब केदार यादव, अध्यक्षता जिल्ला अध्यक्ष शिव शंकर यादव (शिवम जादव) बक्ताहरुमा युवा नेता सतेन्द्र यादव,आशितोश झा,कमल किशोर साह, सुधिर यादव,बिद्यार्थी नेता रन्जित यादव लगायतले सम्बोधन गरेका थिए।
साथै समय मा उखु किसान को बक्यौता रकम सरकारले उपलब्ध नगराए हामी युवा सशत्त आन्दोलन मा जान बाध्य हुनेछौ युवा नेता मोहम्मद मुस्कतीमले बताउनु भएको छ।





















Discussion about this post