गिरिजानन्द साह/माघ १७ गते। जनकपुर जेसीजले आफ्नो बोर्डका पदाधिकारीहरुको नेत्वृव विकास गर्ने उद्वेश्यका साथ आज विहिबार लोम अफिसर ट्रेनिङ समपन्न गरेको छ । जनकपुर जेसीजको सचिवालयमा सञ्चालन भएको उक्त तालिम जनकपुर जेसीज बर्ष २०१६ को अध्यक्ष जेसि सुधीर पजियारको प्रमुख आतिथ्यमा भएको थियो भने बर्ष २०२१ को नेपाल जेसीजका रास्ट्रिय उपाध्यक्ष तथा जनकपुर जेसीज बर्ष २०२० को अध्यक्ष जेसि गौतम साह प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको थियो ।


जेसीजको इतिहास, जेसीजका उद्वेश्य र जेसीजमा लागी सकेपछिका हरेक पदाधिकारीको कर्तव्य के कस्तो रहन्छ लगयतका विषयमा तालीममा जानकारी गराइएको थियो ।
उक्त तालीममा जनकपुर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी मुकेश साह लगायत जनकपुर जेसिज वर्ष २०२५ का सम्पूर्ण बोर्ड मेम्बर र बोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । लोम अफिसर ट्रेनिङको संयोजक जनकपुर जेसिज बर्ष २०२५ को कार्यकारीणि उपाध्यक्ष जेसि ओम प्रकाश साह रहेका थिए भने कार्यक्रमको सञ्चालन जनकपुर जेसीज वर्ष २०२५ का कोषध्यक्ष जेसी भवेश साहले गर्नु भएको थियो ।




















Discussion about this post