गिरिजानन्द साह/धनुषा/माघ १४ गते। धनुषाको धनौजी गाउँपालिका–२ मा गुठी संस्थाको नाममा रहेको जग्गामध्ये ९ कठ्ठा ६ धुर क्षेत्रफलको जग्गा गाउँपालिकाको नाममा हस्तान्तरण भएको छ।

गुठी संस्थाको उद्देश्वरनाथ महादेवका नाममा रहेको ७२ विघा जग्गामध्ये उक्त क्षेत्रफलको जग्गा भवन निर्माणका लागि गाउँपालिकाले केन्द्रिय गुठी संस्थाबाट सिफारिस गराएर प्रक्रिया पूरा गरी मालपोत मुअब्जा तिरेपछि लालपुर्जा प्राप्त गरेको हो।
भुमि सुधार तथा मालपोत कार्यालयका प्रमुख सिंहलाल स्याङ्वाले आज एक विशेष कार्यक्रमका बीच धनौजी गाउँपालिकाको अध्यक्ष राजकुमार साहलाई लालपुर्जा हस्तान्तरण गरेका छन्।
अध्यक्ष साहका अनुसार, लालपुर्जा प्राप्त भएको जग्गामा अब धनौजी गाउँपालिकाको कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाइनेछ। यस कदमले स्थानीय तहको सेवा प्रवाह थप प्रभावकारी र व्यवस्थित हुने विश्वास लिइएको छ।
यो जग्गा हस्तान्तरणले गाउँपालिकाको विकास र सेवामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
















Discussion about this post