उमेश कुमार साह।सप्तरीको सुरुङ्गा नगरपालिकाले हात्तीपीडित ३६ दलित परिवारलाई सोमबार राहत वितरण गरेको छ । नगरपालिका वार्ड नम्बर १ चहका टोलीका हात्तीपीडित ती परिवारलाई नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले राहत वितरण गर्नु भएको छ । प्रति परिवार २५ किलो चामल, भुजा(मुरही) पाँच किलो, खानेतेल एक लिटर, नून एक किलो, दाल दुई किलो, कम्बल एक थान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिनुभयो ।

अघिल्लो रात पाँच वटा समूहमा आएका जङ्गली हात्तीले स्थानीय करिया सदा, जतरु सदा, रामलोचन सदा, टुरा सदा, बौका सदा, मन्जय सदा, रामदेव सदा, लक्ष्मण मण्डल, श्यामसुन्दर सदा, हरिहर सदा, खुशीलाल सदा, मनभरन सदा, ललित सदा, पिगुली सदा, असीलाल सदा, कैला सदा, बिनोद सदा, अनिता सदा, दुखिया सदा, जनका सदा, बनहु सदा, बुदुर सदा, उर्मिला सदा, राजकुमार सदा, रौदी सदा, पाँचु सदा, जीरु सदा, सुन्दर सदा, बिल्टु सदा, छबिल सदा, बिनोद दास, रामबालक दास, बलकरै रैका मगर, राजन भुजेल लगायतको घर तोडफोड गरेको नगरपालिकाका सामाजिक शाखाका प्रमुख टेकबहादुर खडकाले जानकारी दिनुभयो ।

हात्तीले उनीहरु सबै जनाको घर तोडफोड गर्नुको साथै घरमा रहेको अन्नपात खाएका छन् भने बारीमा लगाएको तरकारी, केरा एवं अन्नबालीमा क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।





















Discussion about this post