nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समुदायमा कोभिड १९ को संक्रमण १३.९ प्रतिशत, प्रदेश २ र वाग्मती प्रदेश जोखिममा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २७, २०७७, ६:२८ मध्यान्ह
समुदायमा कोभिड १९ को संक्रमण १३.९ प्रतिशत, प्रदेश २ र वाग्मती प्रदेश जोखिममा

रासस।कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

यही असोजमा महाशाखाले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गरेको थियो । उनले अनुसन्धानमा प्रदेश नं २ र वाग्मती प्रदेशमा सङ्क्रमणको जोखिम बढी भएको देखाएको बताए ।

उनका अनुसार तराई र पहाडभन्दा हिमालमा सङ्क्रमणको जोखिम त्यति नभएको अध्ययनले देखाएको छ । अध्ययनमा १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई सङ्क्रमण बढी भएको पाइएको छ । बालबालिकाका पनि सङ्क्रमण भएको पाइएको छ । “बालबालिका लक्षण मात्र नदेखिएर सङ्क्रमण नभएको भन्ने थियो”, उनले भने, “बालबालिकालाई भित्रीरुपमा सङ्क्रमण भएको अध्ययनले देखाएको छ ।”

उनले अध्ययनबारे थप मन्त्रालयले जानकारी दिने बताए । महाशाखाले प्रत्येक प्रदेशका ३० वटा वडामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरेर समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर एन्टिबडी परीक्षण गरेको थियो । एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ । यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सङ्कलन गरिएको थियो । महाशाखाले पूर्वी रुकुम र रसुवाबाहेक सबै जिल्लामा नमूना परीक्षण गरेको थियो । 

परीक्षणका लागि बालबालिका, बृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका तथा नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका व्यक्तिको नमूना सङ्कलन गरिएको थियो ।

महाशाखाले सङ्कलन गरेको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण समुदायमा देखिए पनि मन्त्रालयबाट आधिकारिकरुपमा जानकारी नगराएको बताए। उनले ‘सेरो प्रिभिलेन्स’ रिपोर्ट मन्त्रालयमा आएपछि आधिकारिकरुपमा समुदायस्तरमा के छ भन्ने देखाउने बताए ।

फेरि परीक्षण

डा पाण्डेले समुदायस्तरमा देखिएको छ वा छैन भनेर फेरि अर्को परीक्षण गरिने बताए । उनले अहिलेको अध्ययनलाई सबैलाई समेट्न नसकेकाले पुनःएन्टिबडी परीक्षण गरिने बताए ।

 “अहिले सङ्क्रमण पनि घटेको छ, किन घट्यो, अर्को कुरा अहिले कोभिड–१९ विरुद्धको खोप ल्याउने भनिएको छ, उक्त खोप कस्तालाई लगाउने हो त्यसको निक्र्यौल गर्नुपर्दछ”, उनले भने, “त्यही भएर पहिलेकोभन्दा व्यापक रुपले एन्टिबडी परीक्षण गरिनेछ ।”

उनले असोज–कात्तिकमा भन्दा जेठ–असारमा गरिएको भए अध्ययन राम्रो हुने धारणा राखे । नेपालमा अहिलेसम्म दुई लाख ४६ हजार ६९४ जनामा सङ्क्रमण देखिएको छ भने दुई लाख ३२ हजार ८७२ निको र एक हजार ६७४ जनाको निधन भइसकेको छ ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!