nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहट बम काण्ड : आफताब आलमका भाइ महताब पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २२, २०७७, ७:५५ मध्यान्ह
रौतहट बम काण्ड : आफताब आलमका भाइ महताब पक्राउ

काठमाडौं।करिब १३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा प्रहरीले पूर्व मन्त्री आफताब आलमका भाइ महताब आलमलाई पक्राउ गरेको छ। प्रदेश– २ प्रहरी कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानमा महताबले आफ्ना दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएकालाई इँटा भट्टामा जलाइएको स्वीकार गरेका छन्। 

पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ राजपुर नगरपालिकाका मोहम्मद महताब आलम आफ्ना दाजु गएको चैत २६ गते पक्राउ परेदेखि नै फरार थिए। उनलाई प्रहरीले आइतबार राति भारतको मोतीहारीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो। 

यद्यपि, प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले महताबलाई सीमा क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएका छन्। पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।

पूर्वमन्त्री आलम र उनका भाइ महताबलगायत ११ जनामाथि उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु)  र ओसी अख्तरलाई इटा भट्टामा जिउँदै जलाइएको आरोप छ। 

प्रदेश– २ प्रहरीका अनुसार महताबले दाजुको निर्देशनमा विष्फोटका घाइते र मृतकलाई ट्याक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेका छन् । उनीमाथि थप अनुुुसन्धान भइरहेको छ। मुख्य आरोपित आलम पुर्पक्षका लागि काठमाडौंको नक्खु कारागारमा छन् ।

मृतक पिन्टुका बुवा श्रीनारायण सिंह र अख्तरकी आमा रुक्साना खातुनले कांग्रेस नेता आलमलगायत ४ जनाविरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी दिएका थिए । घटनाको दुई महिनापछि २०६५ असार १ र ९ गते आलम र महताबसहित ४ जना पक्राउ परेका थिए  तर चारै जनाको म्याद थप गरेर एकै दिनमा अनुसन्धान सकी सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेस गरी साँझपख प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।

आरोपितहरू छुटेपछि २०७१ मंसिर २० गते पीडितका तर्फबाट छानबिन गरिपाउन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइएको थियो । न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट हालेपछि पुनः छानबिन गर्न आदेश भएको थियो ।त्यसपछि पक्राउ परेका आलमलगायतका ११ जनाविरुद्ध अनुसन्धान गरी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थलगायत कसुरमा जन्मकैद सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।

Tags: पक्राउ

Discussion about this post

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!