nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ का मुख्यमन्त्री नफेरिने

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २१, २०७७, ९:४१ मध्यान्ह
बलात्कारीलाई गोली ठोक्ने कानुन बनाऔं : मुख्यमन्त्री राउत

जनकपुरधाम।प्रदेश २ को सत्तारुढ गठबन्धन तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भए पनि सो प्रदेशका मुख्यमन्त्रीमा लालबाबु राउत नै कायम रहने भएका छन् । पार्टी एकतासँगै साबिकका सत्तारुढ दुई दलका संसदीय दलसमेत समायोजन गरी जनता समाजवादी पार्टीको संसदीय दल गठन हुने र संसदीय दलको नयाँ नेता प्रदेश सरकारको मुख्यमन्त्री बन्ने चर्चा चलेको थियो । तर जनता समाजवादी पार्टीले तत्काल मुख्यमन्त्री नफेर्ने मनस्थिति बनाएको छ ।

संघीय सरकारको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको जनता समाजवादी पार्टीले प्रदेश २ मा नेकपाकै जस्तो समस्या नदेखियोस् भन्नेमा सतर्कता अपनाउँदै आन्तरिक कलह बढ्ने कुनै पनि कदम नउठाउने निर्णय गरेको हो । प्रदेश २ सरकारको नेतृत्व गरेको सो पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई परिवर्तन गर्दा आन्तरिक कलह बढ्न सक्ने र प्रदेशमा अस्थिरता निम्तिन सक्ने आँकलन गरी एकीकृत संसदीय दलको नेतामा पनि राउतलाई नै कायम राखेर प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिन चाहेको हो ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद देखेर जसपा नेपालका नेताहरु आफ्नो दलभित्र पनि यस्तै विवाद बढ्ने त होइन भन्नेमा त्रसित हुन थालेका छन् । प्रदेश २ मा सरकार सञ्चालन गरिरहेको जसपाले तत्काल प्रदेश सरकारमा परिवर्तन गर्नासाथ पार्टीमा विवाद उत्पन्न हुने आँकलन गरी वर्तमान सरकारलाई नै निरन्तरता दिने सोच बनाएको स्रोत बताउँछ ।

तत्कालीन समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका राउतलाई विस्थापन गर्ने पक्षमा केही नेता देखिएका थिए । पार्टी एकीकरण भएका कारण सरकार परिवर्तन हुनुपर्छ भनेर राजपा नेपालका नेताहरुले आवाज उठाउँदै आएका थिए । प्रदेश २ को मुख्यमन्त्री नै फेरेर नयाँ मन्त्रीमण्डल बनाउनुपर्ने भन्दै तत्कालीन समाजवादी पार्टी र राजपा नेपालका केही नेताले जसपा नेपालको शीर्ष नेताहरुको ध्यानाकर्षण पनि गराएका थिए । तर शीर्ष नेताहरु मुख्यमन्त्री फेर्नेमा सहमत हुन सकेका छैनन् ।

स्रोतका अनुसार प्रदेश २ सरकारका मुख्यमन्त्री तथा केही मन्त्रीले सरकार परिवर्तन गरेर देखाउन पार्टी नेतृत्वलाई नै चुनौती दिँदै आएका छन् । कतिपय मन्त्रीले सरकार परिवर्तन गर्ने प्रयत्न भएमा पार्टी विभाजन हुने चेतावनीसमेत दिएका छन् ।  प्रदेश २ जसपा नेपालको सबैभन्दा बलियो जनाधार भएको प्रदेश हो । सो पार्टीका अधिकांश शीर्ष नेता प्रदेश २ बाटै प्रतिनिधित्व गर्दछन् । केही तलमाथि भयो भने पार्टी विखण्डन हुने र आफ्नो जनाधारसमेत गुम्ने भय नेताहरुमा छ । यस अतिरिक्त लालबाबु राउतलाई हटाएर कसलाई मुख्यमन्त्री बनाउने भन्ने चुनौती पनि नेताहरु समक्ष खडा हुन्छ ।

मुख्यमन्त्री परिवर्तन गर्ने अवस्था आउनासाथ दावेदारहरुको लाइन लाग्ने देखिन्छ । जितेन्द्र सोनल, विजय यादव, मनिष सुमन, योगेन्द्र राय यादव, कौशलकुमार यादव, उपेन्द्र महतो, शैलेन्द्र साह लगायतका नेताले मुख्यमन्त्रीका लागि दावेदारी प्रस्तुत गरिसकेका छन् । पछिल्लो समय तत्कालीन राजपा नेपालका नेताहरु नै मुख्यमन्त्री फेर्न नहुने निष्कर्षमा पुगेको अवस्थामा तत्कालीन समाजवादी पार्टीका नेताहरुले मुख्यमन्त्री राउतको विकल्प खोज्नुपर्ने कारण नै नरहेको जसपा नेपालका एक नेताले बताए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि लालबाबु राउतलाई ढुक्क भएर काम गर्न भनिसकेको स्रोतले जनाएको छ । सुरुमा मुख्यमन्त्री फेरिने कुरा उठेपछि राउतले अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको र यादवले मुख्यमन्त्री फेर्नेबारे पार्टीमा कुरा नउठेको जवाफ दिएर मुख्यमन्त्री राउतलाई ढुक्क भएर काम गर्न निर्देशन दिएको स्रोत बताउँछ ।

जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर पनि प्रदेश २ को मुख्यमन्त्री फेर्ने पक्षमा छैनन् । अहिले मुख्यमन्त्री फेर्न थालेमा पार्टीमा विवाद उत्पन्न हुने सम्भावना रहने भन्दै उनले पनि राउतलाई नै निरन्तरता दिनुपर्ने ठहर गरेको बताइन्छ । मुख्यमन्त्री परिवर्तन गर्नासाथ अन्य मन्त्रीहरु पनि फेर्न दबाब बढ्ने र त्यो अवस्थामा पार्टीभित्र अनेकथरी दबाब बढ्न सक्ने भन्दै शीर्ष नेताहरु प्रदेश २ सरकारलाई कुनै असर नहुनेगरी पार्टी समायोजनको काम टुंग्याउन प्रयासरत रहेको स्रोतले जानकारी दिएको छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य दानबहादुर चौधरीले प्रदेश २ को मुख्यमन्त्री नफेरिने लगभग निश्चित भएको बताए । उनले भने, ‘मुख्यमन्त्री परिवर्तन गर्न पार्टीमा व्यापक कुरा उठेको थियो तर अहिले त्यसलाई मिलाउने काम पार्टीका शीर्ष नेताहरुले गर्नुभएको छ । दुवै पार्टीका नेताहरुले आपसमा कुराकानी गरी मिलाईसक्नु भएको छ । अब त्यहाँका मुख्यमन्त्री परिर्वतन हुँदैन । एक÷दुईजना मन्त्री फेरिन सक्छ, नभए त्यो पनि हुँदैन ।’

प्रदेश सभाको कार्यकाल करिब दुई वर्षमात्र बाँकी छ । त्यसैले पनि पार्टीले कुनै जोखिम उठाउन नचाहेको जसपा नेपालका एक वरिष्ठ नेताले बताए । ‘चुनावको मुखमा पार्टीमा विवाद ल्याउनु राम्रो होइन, जसोतसो यही सरकारलाई निरन्तरता दिने सोच बनेको छ तर निर्णय भएको छैन,’ उनले भने, ‘प्रदेशमा समायोजन हुन बाँकी छ । यदि समायोजन भयो भने लालबाबु राउतलाई प्रदेश २ प्रदेशसभाका संसदीय दलका नेता बनाउने सोच बनेको छ ।’  संसदीय दलको नेता बनाउन झन्झट भयो भने प्रदेशसभाको यो कार्यकाल यथास्थितिमै पूरा गर्ने सोच पनि पार्टी नेतृत्वले बनाएको जसपा स्रोतले जनाएको छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!