जनकपुुुरधाम। पिछडावर्ग ओबिसी महासभाको भातृसंगठन नेपाल पिछ्डावर्ग पत्रकार संघको केन्द्रिय तदर्थ समिती गठन गरिएको छ ।पिछडावर्ग ओबिसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोको विशेष उपस्थितीमा महोत्तरीको गौशालामा बसेको पत्रकारहरुको भेलाले पत्रकार बिजय कुमार साहको संयोजकत्वमा १३ सदस्यीय केन्द्रिय तदर्थ समिती गठन गरिएको हो ।
गठित केन्द्रिय तदर्थ समितीको सह–संयोजकमा धर्मेन्द्र कुमार यादव, महिला सह–संयोजक कबिता सिहलाई चयन गरिएको हो । यस्तै सदस्यहरुमा धर्बेन्द्र कुमार यादव, विजय कुमार सिंह, नरेन्द्र महतो, राजेश सिंह, अकुल प्रसाद साह, फुलगेन महतो मगही, रबिन्द्र यादव, बिवेक कुमार महतो, सतेन्द्र यादव र अनिल कुशवाहा रहेका छन् ।
पिछडावर्ग ओबिसी महासभाका केन्द्रिय सदस्य दिपलाल महतोको अध्यक्षतामा बसेको भेलामा ओबिसीका केन्द्रिय सचिव नागेन्द्र सिहलगायत विभिन्न जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।





















Discussion about this post