सिरहा/भदौ १८ गते । सिरहाको गोलबजार नगरपालिका १ स्थित मुक्सार बैरीवानमा एक समूहले धनमाल लुटपाट गरेको छ ।
स्थानीय जागेश्वर रामको घरमा गएराति करिब १२ बजेको १२÷१५ जनाको समूहमा आएका लुटेराहरूले नगद, सुन र चाँदीका गहनाहरू लुटेर लगेका हुन् ।
लुटेराहरूले जागेश्वरलाई कुटपीट समेत गरी नगद, सुन र चाँदीका गहना लुटेर लगेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिए ।
घटनालगत्तै मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरेपनि ४ घण्टा पछिमात्र प्रहरी आइपुगेको स्थानीयले बताए । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।





















Discussion about this post