महोत्तरी।महोत्तरीको बर्दिबास–१२ बिजलपुरामा बलात्कार गरी बालिकालाई गर्भवती बनाएको घटना सार्वजनिक भएको छ। बालिका बलात्कार आरोपमा प्रहरीले यही मंसिर ७ गते स्थानीय २१ वर्षीय ललन राउतलाई पक्राउ गरेको थियो।
उनीविरुद्ध जबरजस्ती करणी मुद्दा अघि बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए। ‘बालिकाको गर्भमा पाँच महिनाको बच्चा छ। गर्भपतन गराउन नमिल्ने अवस्था छ’, डीएसपी चापागाईंले भने। ती बालिका गत असारमा भैंसी चराउन घरनजिकै गएकी थिइन्। साँझ बजारदेखि मोटरसाइकलमा आएका आरोपीले हात समाई झाडीमा लगेर बालिकालाई बलात्कार गरेको पीडितका बुवाले बताए। बालिका गर्भवती भएसँगै परिवार समस्यामा परेको महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिबासकी अध्यक्ष शारदा दाहालले बताइन्।














Discussion about this post