सप्तरी।साढे ३ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा सप्तरीमा एक १४ वर्षीय बालकलाई अदालतले ६ महिनाको कैद सजाय सुनाएको छ ।
खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सप्तरीले १४ वर्षीय एक बालकलाई ६ महिना कैद सजायको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ ।
खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा पाएकि उनकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकि थिईन ।
इलाका प्रहरी कार्यालय कडरबोनाले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो । रासस














Discussion about this post