वैशाख ३१ गते। धनुषाबाट लाखौं मूल्य बराबरका सरसामान प्रहरीले बरामद गरिएका छन् । विशेष सूचनाको आधारमा प्रहरीले २३ लाख ४५ हजार ८ सय ४० बराबरको अवैध सामग्री बरामद गरिएको हाे ।
इलाका प्रहरी कार्यालय धनुषाको ढल्केवरबाट खटेकाे टाेलीले मिथिला नगरपालिका वार्ड नं.६ ढल्केवर चाैक स्थित चेकजाँच गर्ने क्रममा ००१ व २८९४ नम्बरको इसुजु डी मेक्स पिकअप गाडीमा विलविजक भन्दा बढी विभिन्न किसिमका सरसामानहरु रहेकोमा गाडी , सरसामानहरु र गाडीको चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामग्रीलाई राजश्व कार्यालय जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















Discussion about this post