nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणस्थलको जग्गा सम्झौता भङ्ग गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले फिर्ता

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २४, २०८१, ११:४९ बिहान
जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणस्थलको जग्गा सम्झौता भङ्ग गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले फिर्ता

जनकपुरधाम/बैशाख २४ गते। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणस्थलको जग्गा सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएको छ।

रङ्गशाला निर्माणका लागि राखेपले गुठी संस्थान केन्द्रीय कार्यालयसँग भएको बहाल करार सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएको हो।राखेपका कानुन शाखा प्रमुख नारायणराज अर्यालले शुक्रबार गुठी संस्थान केन्द्रीय कार्यालयलाई पत्राचार गरेर करार सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिइ निरन्तरता दिइने जानकारी गराएका छन्।

रोपले रङ्गशाला निर्माणका लागि भनी गुठी संस्थानअधिनस्त जनकपुरधाम–१४ स्थित १६ बिघा १७ कठ्ठा १९ धुर १ कनमा जग्गा वार्षिक ९ लाख तिर्नेगरी २०७४ मंसिर ३ मा बहालमा लिने सम्झौता गरेको थियो।तर, यो जग्गामा खेल पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट बजेटको व्यवस्थापन नभएको, बहाल रकम महँगो भएकोलगायतका कारण देखाउँदै राखेपले गत वर्ष पुस ३ गते गुठी संस्थानलाई पत्र पठाएर एकपक्षीय रूपमा सम्झौता भंग गर्ने निर्णय गरेको थियो।

एकपक्षीय ढंगबाट बहाल करार सम्झौता भङ्ग गर्ने राखेपको निर्णय सार्वजनिक भएपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले तोकिएकै स्थानमा रङ्गशाला निर्माण गरी छाड्ने भन्दै सक्रियता बढाएका थिए।मेयर साह यसबीचमा संघीय राजधानी काठमाडौं पुगेर युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ, राखेपका सदस्य सचिव लगायतका पदाधिकारीलाई भेटेर सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएर रङ्गशाला निर्माण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका थिए।

मेयर साहको सक्रियता र दौडधुपपछि राखेपले अन्ततः जग्ग बहाल करार सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएको हो।प्रत्येक प्रदेसमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने संघीय सरकारको नीतिअनुरूप रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माण कार्यान्वयन गर्न जनकपुरधाम उपमहानगरपालिकाले यो क्षेत्रमा पूर्वाधार तयार गर्न, सडक सञ्जाल निर्माण, बिजुलीबत्ती, खानेपानी र नाला निर्माणमा लाखौं खर्च गरिसकेको छ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा पूर्वाधार विकासका लागि सहयोगको घोषणा गरेको सय करोड भारतीय रूपैयाँ पनि रङ्गशाला निर्माणमा खर्च गर्न मधेस प्रदेस सरकार र जनकपुरधाम उपमहानगरपालिकाबीच सहमतिसमेत भएको छ।‘…मधेस प्रदेसको खेलकुद विकासको कोशेढुङ्गाको रूपमा हेरिएको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका निम्ति गुठी संस्थानको उक्त जग्गा आवश्यक रहेको सन्दर्भमा पूर्वसमयमा भएका सम्झौता भङ्गसम्बन्धी निर्णय र त्यसलाई कार्यान्वयन गर्न भए गरिएको पत्राचारसमेतलाई फिर्ता गरी पुनः २०७४ मंसिर ३ मा राष्ट्रिय खेलकुद परिषद र गुठी संस्थान प्रधान कार्यालयबीच जनकपुरधाम १४ मा रहेको १६–१७–१९–१ जग्गा ३० वर्षका लागि बहाल करारलाई निरन्तरता प्रदान गर्न मनासिब हुने परिषदको मिति २०८१/०१/२१ को सदस्य सचिवस्तरीय निर्णयअनुसार अनुरोध गरिन्छ,’राखेपले गुठी संस्थान केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ।

जनकपुरधामका मेयर साहले जग्गा करार सम्झौता भङ्ग गर्ने फिर्ता लिने राखेपको निर्णयलाई स्वागत गरेका छन्।उनले जग्गा सम्झौतालाई निरन्तरता दिने राखेपको निर्णयबाट जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको बाटोमा आएको अवरोध अन्त्य भएको बताए।‘जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हाम्रो ठूलो चाहना हो, यसलाई हामीले मधेस प्रदेसकै गौरव योजनाको रूपमा हरेका छौं,’ साह भन्छन्,‘समग्र मधेसको खेलकुद विकासका लागि रङ्गशाला अनिवार्य रहेको छ। राखेपले सम्झौतालाई निरन्तरता दिने निर्णय गरेको छ, यो सकारात्मक पक्ष हो। तोकिएकै स्थानमा रङ्गशाला निर्माण गर्नेमा हामी प्रतिबद्ध छौं। उपमहानरपालिका एक कदम पनि पछाडि हट्दैन।’ गत साता काठमाडौंमा मेयर साह र राखेपका सदस्य सचिवलगायतका पदाधिकारीसँग भएको वार्तामा एक साताभित्र करार सम्झौता फिर्ता गर्ने सहमति भएको थियो।

 

 

Tags: जनकपुरधामधनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि