बैशाख १३ गते। धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ ।
औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उक्त झडपमा ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ९ सेल आश्रुग्यास प्रहार गरेको थियो ।
१० दिनअघि पौडेश्वरका दुईजना युवती हराएका थिए । हंसपुर नगरपालिकाका दुईजना युवकले अपहरण गरेको दाबी गर्दै उनीहरुको खोजतलास नगरेको भन्दै प्रहरीविरुद्ध नाराबाजी गर्दै बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए ।
‘केटा पक्षमाथि मुद्दा चलिरहेको छ । ५ जनालाई नियन्त्रणमा लिएर अपहरण तथा शरिर बन्धक मुद्दा चलाएकै छौं । दुवै युवतीको खोजतालास जारी छ,’ डीएसपी अवाले भने ।
केटी पक्षले बिहानै सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएपछि प्रहरी सम्झाइबुझाइ घर फर्काएका थिए । तर, दिउँसो फेरि उनीहरुले सडक अवरुद्ध गरेर प्रहरीमाथि ढुंगामुढा र तोडफोडमा उत्रिएपछि बल प्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अवाले बताए । ‘आश्रुग्यास प्रहार गरेपछि भिड तितरबितर भएको थियो ।















Discussion about this post