बैशाख ९ गते। बाराबाट २३० किलो लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राैतहट फतुवा विजयपुर नगरपालिका ४ बस्ने टेग्राहाका चन्दन पासवान रहेका छन् ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका-४ ईनर्वाबाट गाँजासहित एक तस्करलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।उनका अनुसार भारततर्फ ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा तस्करहरुको खोजी गर्दै जाँदा ईनर्वामा फेला परेका थिए।
प्रहरीलाई देखेर तस्करहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गर्नुपरेको उपरीक्षक खड्काले जानकारी दिए।‘बिहान साढे एक बजेतिरको समय थियो, प्रहरीको हवाई फायर गरेपछि तस्कर समूहले गाँजालाई कल्भट मुनि लुकाएर भागेका थिए। हामीले हवाई फायर पछि एक जनालाई नियन्त्रणमा लिन सफल भयौं। बाँकीको खोजी कार्य जारी छ।’ उनले भने। पक्राउ परेका पासवानबाट जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। सो ठाउँबाट करिब दुई सय ३० किलो गाँजा बरामद गरिएको सम्मेलनमा प्रहरीले जानकारी दिएकाे छ।















Discussion about this post