चैत २७ गते। रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। रौतहटको वृन्दावन नगरपालिकामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।
दिउँसाे वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित खैरा टोलका किशोरकुमार बैठाकी १३ वर्षीय छोरी निरञ्जन कुमारी बैठाको पोखरीमा डुबेर मृत्यु भएको हो।
पोखरीमा नुहाउने क्रममा अचानक पानीमा डुबेको र पानीबाट ननिस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सशस्त्र सुरक्षा बेस सन्तपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक यमबहादुर वलीको नेतृत्वमा घटनास्थलमा पुगेको ९ जनाको टोलीले पोखरीमा खोजतलास गर्ने क्रममा बालिकाको शव फेला पारेको थियो। गर्मी छल्नका लागि साथीहरूसँग घरनजिकै रहेको पोखरीमा नुहाउन गएकी उनको पोखरीमा डुबेर मृत्यु भएको सो वडाका अध्यक्ष रामनाथ सहनीले जानकारी दिएका छन्। रौतहटमा गर्मी बढेसँगै बालबालिकाहरू घरछेउका खोला तथा पोखरीहरूमा नुहाउन जाने गरेका छन्।
बालिकाको शवलाई पोस्टमार्टमका लागि प्रक्रिया पूरा गरिएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।















Discussion about this post