धनुषा/चैत ८ गते। मिथिला माध्यमिकी परिक्रमा बुधवार सत्तोखर विश्राम गरी आज बिहीबार औरही गाउँ पालिका वार्ड ४औरहीमा आइपुगेका छन् । यस अघि बुधबार परिक्रमका यात्रीहरुले सतोषरमा विश्राम गरेका थिए। धनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीमा रहेको मिथिलाविहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा प्रारम्भ हुने १५ दिवसीय यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक स्थलहरुमा विश्राम गर्ने गरेका छन् ।
भारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै बिहीबार औरही पुगेको छ ।औरही विश्रामस्थलमा परिक्रमा धार्मिक यात्री लाई स्वागतको लागि स्थानीयहरुले भवयतापूर्वक त्यारी रहेका स्थानिय राम भाक्त यादवले बताए तथा स्थानीयले सरसफाइ समेत गरेका छन् ।
त्यसपछि परिक्रमा औरहीबाट भारतको करुणा, विशौल र कल्याणेश्वर स्थान सम्म पुगेर पुनः १४ औं दिन जनकपुरधाम फर्किने छन् । जनकपुरधाम पुगेर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् । जुन व्यक्तिले मध्यमा परिक्रमा भाग लिन नसकेको भए पनि अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद् भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।यात्रामा सहभागी हुँदा मोक्षको प्राप्ति हुने जनविश्वास रहिआएको छ ।
















Discussion about this post