फागुन २९ गरे। १५ किलो गाँजासहित एक जनालाई प्रहरी पक्राउ गरेको छ।
रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाको आधारमा १५ किलो भन्दा बढी लागुऔषध गाँजा सहित एक जना युवकलाई पक्राउ गरेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ४ सय ग्राम, नगद ४० हजार रूपैयाँ र मोबाइल १ थानसहित चन्द्रपुर नगरपालिका-१ बस्ने ३७ वर्षीय साने भन्ने सन्त तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सिन्धुलीबाट पौराईतर्फ जाँदै गरेका तामाङलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















Discussion about this post