फागुन २४ गते। प्रतिबन्धित औषधिसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राैतहटकाे फतुवा विजयपुर नगरपालिका ८ बस्ने ५० वर्षीय रामप्रवेश साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी टोलीले विभिन्न प्रकारका प्रतिबन्धित औषधि सहित साहलाई नियन्त्रणमा लिएको हाे । साहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको हाे ।
उनको साथबाट भारतमा निर्मित नेपालमा प्रतिबन्धित २२ प्रकारको औषधि र एउटा मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।















Discussion about this post