माघ २५ गते। धनुषाको एक जना पुरुष मृत फेला परेका छन् ।
सहिदनगर नगरपालिका वडा नम्बर–७ स्थित चिरैयाका ५५ वर्षीय फुलगेन ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार पारिवारिक विवाद भएपछि दिउँसो उनी घरबाट निस्केका थिए ।तर साँझसम्म घर नफर्केपछि उनको सोधखोज सुरु गरिएको थियो ।
साँझ ७ बजेतीर उनका छोराले फोन गर्दा मोबाइल स्वीच अफ देखाएको थियो ।बिहीवार विहान शौच गर्न गएका मान्छेले शव देखेर गाउँमा खबर गरेका थिए । उनको शरिरमा कुनै घाउचोट नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।घटनाबारे थप अनुस्न्धान भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।















Discussion about this post