काठमाडाैँ/पुस २५ गते। काठमाडाैँ जिल्ला अदालतले बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ। यस्तै, तीन लाख रुपैयाँ जरिबाना र दुई लाख क्षतिपूर्ति पनि तोकिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ गर्दै यही पुस १३ गते न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो। त्यतिबेला सजाय भने तोकिएको थिएन। बुधबार न्यायाधीश ढकालकै इजलासले सजाय तोकेको हो।
प्रतिवादीको उमेर, घटना हुँदाको अवस्थामा सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादी लामिछानेलाई मुलुकी अपराध संहीता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख जरिबाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरसमेतलाई विचार गरी दफा २२८ बमोजिम थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादीबाट पीडितलाई भराइदिने ठहर गरेको सूचना अधिकारी पन्थीले बताए।
















Discussion about this post