श्रावण २५ गते। धनुषामा ज्यान सम्बन्धि कसुरमा फरार भएका एकजना प्रतिवादी २० बर्षपछि प क्राउ परेको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ३ (साबिक हरिहरपुर गा.बि.स. वडा नं. ७) बस्ने माहाविर महतोको छोरा बर्ष ७० को महेश महतोलाई प्रहरीले प क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महेश महतोले मिति २०६० मङ्सिर ४ गते छोरा बर्ष १७ को सोलिन्द्र भन्ने सोलिदर महतोलाई गम्छाले घाँटीमा बेरी घाँटी कसी कर्तब्य गरी मारी घट्ना पश्चात फरार रहेको झण्डै २० बर्षछि उनलाई आज पक्राउ गरिएको हो ।
उनलाई ई.प्र.का. ढल्केबर धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । उनलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















Discussion about this post