श्रावण २५ गते । सिरहामा मिटरब्याजको आरोपमा एक महिला प क्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह रहेकी छन् ।
बुधबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।
उनका अनुसार ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रहरी उपरीक्षक लिम्बुले जनाएको छ ।
साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।















Discussion about this post