धनुषा/श्रावण १९ गते। धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि आई.ई एम.आई.एस. भरेर विद्यालयको सूचना पठाउने दुईजना पक्राउ परेका छन।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वाडा नम्बर ४ प्रसाहि टोलमा संचालन रहेको युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर छन।
अर्को पक्राउ पर्ने ब्यक्ति क्षिरेश्वरनाथ नगरपालिका वडा न. ८ दिगम्बरपुर निवासी हाल सबैला नगरपालिका प्यापसनको अध्यक्ष खुशिलाल महतो छन।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय सबैलाको प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले बताएका छन।भने अनुसन्धान क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसंधान भैरहेको छ।
















Discussion about this post