जनकपुरधाम/श्रावण १८ गते । जानकी मन्दिरको फूलबारीमा जनकपुरियन लेडिज ग्रुपले बिहीबार वृक्षरोपण गरेको छ ।

जनकपुरियन लेडिज ग्रुपको पहलमा बिहीबार बिहान जानकी मन्दिरको फूलबारीमा विभिन्न प्रजातिका १०१ वटा फूलको विरुवा रोप्ने कार्यक्रम भएको हो ।

त्यसक्रममा बेलपत्र, चन्दन, धुपी, रबर प्लान्ट, सम्मीलगायत विरुवा पनि रापिएको ग्रुपले जनाएको छ । केहीदिन अगाडि मात्रै जनकपुरका स्थानीय युवाहरुले फूलबारीमा लगाएको तरकारीहरु नष्ट गरी फूल रोप्न आह्वान गरेका थिए।

विरुवाहरू मधेश प्रदेश वन डिभिजन कार्यालयका अधिकृत सुरेश शर्माले उपलब्ध गराएका थिए।फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्त रोशन दास, सञ्चारकर्मी, अभियानी युवा, सुरक्षाकर्मीलगायतको पनि सहभागिता रहेको थियो ।















Discussion about this post