धनुषा/श्रावण ६ गते । धनुषामा आफ्नै भिनाजु नाता पर्ने एक भारतीय नागरिकको चिर्पट प्रहार गरी ह त्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार उनले भारतको सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहको लक्ष्मीनियामा ह त्या गरेका थिए ।
हत्या गरेको आरोपमा लक्ष्मीनिया गाउँपालिका बस्ने भारतको बनारसका २५ वर्षीय सुरज सिंह रहेका छन् ।
उनलाई प्रहरीले शुक्रवार दिउँसो प क्राउ गरेको हो। उनीहरू लक्ष्मीनिया बजारमा काम गर्न बस्दै आएका थिए। शिवमुरत सुरजका भिनाजु रहेका प्रहरीले जनाएको छ ।
घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गर्दा शिवमुरत गम्भीर घाइते भएका थिए। उनको रामा अस्पताल जनकपुरमार्फत भारतको सितामाढीतर्फ लैजानेक्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post