जनकपुरधाम/असार १८ गते। जनकपुरधाममा अत्यधकि रक्सी सेवन गरेका कारण एक जनाको मृ त्यु भएको छ ।
अत्यधिक रक्सी सेवनको कारण जनकपुरधाम उपमहानगरपालिका–२४ कटैया चौरी बस्ने ४५ वर्षीय पशुपतिनाथ झाको मृ त्यु भएको स्थानीयवासीले जनाएको छ ।
हाटबजारमा नरिवल बेच्ने झा आइतबार विहानै धेरै रक्सी खाएर क्याम्पस चौकस्थित एक कटघेरमा बेहोस भइ सुतिरहेका थिए । स्थानीयले देखे पनि उपचारको लागि वाहिर कही लग्न सकेन् । दिउँसो २ बजे झाको सोही स्थानमा मृ त्यु भएको स्थानीयवासीहरुको भनाइ छ ।
यता, घटना पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले टोलिले सरजमीन गरी शवलाई पोस्टमाटमको लागि जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशकि अस्पतालमा लगिएको जनाइएको छ ।
















Discussion about this post