असार ९ गते । सर्लाहीमा करेन्ट लागेर शनिवार एक बालकको मृ त्यु भएको छ ।
सर्र्लाहीको गोडैता नगरपालिका–२, स्थित भटुलियाका देवनारायण महतोको १० वर्षिय छोरा आदित्य कुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
देवनारायणको छिमेकी रामजी महतोको घरमा मोटर जडान भएको चापाकलमा पानी लिन गएको अवस्थामा बालकलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएका बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।















Discussion about this post