nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तमा अर्को ठगी का ण्ड, बचतकर्ताका नाममा ऋण निकालेर डेढ करोड हिनामिना

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३२, २०८०, ५:१७ मध्यान्ह
लघुवित्तमा अर्को ठगी का ण्ड, बचतकर्ताका नाममा ऋण निकालेर डेढ करोड हिनामिना

भवानी भट्ट/जेठ ३२ गते । लघुवित्तमा एक पटकमा कतिसम्म ऋण पाइन्छ; ५ लाख, १० लाख वा १५ लाखसम्म । तर यहाँको एक लघुवित्तले एउटै व्यक्तिको नाममा ३५ लाखसम्म ऋण दिएको छ । त्यो पनि जसको नाममा ऋण छ, उसलाई होइन । लघुवित्तकै कर्मचारीले किर्ते कागजात तयार गरी रकम हिनामिना गरेका छन् । 

यति मात्रै होइन एक पटक ऋण लिएर चुक्ता गरिसकेको भए पनि फेरि त्यहि व्यक्तिका नाममा पटक-पटक ऋण निकालिएको छ । सम्बन्धित व्यक्तिलाई थाहै नदिई कर्मचारीले नै उक्त रकम हिनामिना गरेका छन् ।

नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखाप्रमुख सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तत्कालीन शाखाप्रमुख भीमदत्त नगरपालिका १४ बनकट्टीका दीर्घराज जोशीसहित ५ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा १ करोड ३१ लाखसम्म हिनामिना भएको देखिन्छ । निवेदनहरू आउने क्रम जारी रहेकाले यो रकम अझै बढन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए । उनका अनुसार सुरुमा ७२ लाख हिनामिना भएको भन्दै लघुवित्तबाटै जाहेरी आएको थियो । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा झन्डै डेढ करोड हिनामिना भएको देखिएको हो ।

लघुवित्तका हालका शाखा प्रमुख नीलकण्ठ घिमिरेले आर्थिक हिनामिना भएको भन्दै वैशाख २९ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले सुरुमा जेठ १ मा तत्कालीन शाखाप्रमुख जोशी, लेखाअधिकृत भागरथी कुँवर र बचतकर्ता शारदा थापालाई पक्राउ गरेको थियो । अनुसन्धानमा थप दुई जनाको पनि संलग्नता देखिएपछि फिल्ड कर्मचारी सरस्वती भट्ट र आरती पुनलाई समेत पक्राउ गरेको हो । भट्टलाई जेठ ९ मा र पुनलाई जेठ ८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘बचतकर्ताले एक लाख ऋण निकाल्दा कर्मचारीले आठ-दश लाखसम्म हिनामिना गरेको देखिन्छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘ऋण निकालेका व्यक्तिका नाममा पटक पटक ऋण निकालेर तिर्नै नसक्ने बनाएका छन् ।’ उनका अनुसार पाँचै जनाले हालसम्म ८६ जनाको नाममा ऋण लिएको देखिएको छ । पीडितहरुको निवेदन आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्छ । सुरुमा ७२ लाख हिनामिना र कागजात किर्ते गरेको जाहेरी परेको थियो ।

पक्राउ परेका पाँचै जनामाथि बैंकिंङ कसुरअन्तर्गत मुद्दा दर्ता भएको प्रहरी निरीक्षक चन्दले बताए । उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । उनीहरूमाथि किर्तेमा पनि मुद्दा चलाउने विषयमा अनुसन्धानको तयारी भइरहेको चन्दले बताए ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा २०७४ मा स्थापना भएको हो । हाल संस्थाका २ हजारभन्दा बढी बचतकर्ताहरू रहेका छन् । संस्थाका शाखाप्रमुख नीलकण्ठ घिमिरेले संस्थाको बचत तथा ऋणमा केही कैफियत देखिएकाले अनुसन्धान भइरहेको भन्दै यस विषयमा बोल्न चाहेनन् । उनले अनुसन्धानकै क्रममा रहेकाले धेरै कुरा बोल्न नमिल्ने बताए ।

केही समय अघिसम्म शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएका घटनाहरू बाहिर आइरहेको थिए । उक्त घटना सेलाउन नपाउँदै लघुवित्तमा अर्को ठूलो घटना बाहिर आएको हो । शिव शिखर बहुउद्देश्यीयबाट ठगिएका २४ सय ९७ जना बचतकर्ताले २ करोडभन्दा बढीका ठगी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । तर‚ उक्त लघुवित्तमा करोडौं रकम हिनामिना भएको र केही ठूला बचतकर्ताले प्रहरीमा हालसम्म उजुरी गरेका छैनन् । साभार स्रोत-कान्तिपुर बाट

Tags: बैंक तथा बित्तलघुवित्त

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि