जनकपुरधाम/जेठ ३१ गते। सर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृ त्यु भएको छ।
मृ त्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् ।
बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा.४ च ९२०० नम्बरको कारले ठक्कर दिंदा यादवको घटनास्थलमै मृ त्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पजियारले जानकारी दिए।
प्रहरीले ठक्कर दिने गाडीका चालक जनकपुरधाम–४ बस्ने बैद्यनाथ साहसहित दुईजनालाई पक्राउ गरेको छ ।ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।















Discussion about this post