धनुषा/जेठ २७ गते। धनुषाको मिथिला विहारी नगरपालिका ६ सिर्सियास्थित घरमै श्रीमान–श्रीमतीमाथि माथि खुकुरी प्रहार भएको छ ।
घरमै बसेका बेला ३५ वर्षीय दिनकर यादव र उनकी श्रीमती ममता यादवमाथि वमाथि शनिबार साँझ खुकुरी प्रहार भएको हो । उनीहरु दुबै जनामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाईते भएका छन् ।
दिनकर यादवको पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँ गाला र दाहिने हातमा काटिएको छ । अहिले उनी दुबै जनालाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छन् ।
















Discussion about this post